कम्रेड प्रचन्ड , तपाइँ आफै फुटबल त हुनुभएको छैन?

 

सके सफा गरौ नसके फोहोर नगरौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक शक्तिसङ्गर्ष चलिरहेको छ।जसकाराण पार्टिको बिबाद दिनप्रतिदिन उचाइ चुलिदै गैरहेको छ । ९ सचिबालय सदस्य मध्ये ६ जना प्रचण्ड माधब क्याम्पमा छन भने बाकी ३ जना प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपि शर्मा ओलि क्याम्पमा छन । अहिले बसिरहेको स्थाइ समिति  बैठकमा प्रधानमन्त्रीको राजिनामा प्रचण्ड , माधब नेपाल लगायत बहुमत सदस्यले मागिरहेको छ तर प्रधानमन्त्री एबम अध्यक्ष केपि शर्मा ओलिले भने उल्टै आफुलाइ अध्यक्ष र प्रधानमन्त्री बाट हटाउन चुनौती दिनुभएको छ । नेपालले कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्बजनिक गरेर ओलि सरकारले चौतर्फी वाह वाह पाइरहेको छ । मदन भण्डारी स्मृती दिबसको दिन आयोजित बालुवाटारको एक कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलिले यो सरकार ढाल्नका लागि बिदेशी शक्तीहरु लागिपरेको र नेपालका केही पार्टी भित्रकै नेता हरु पनि लागेको सार्बजनिक बक्तब्यमै किटान गरेपछी नेकपा बिबाद चुलिएको हो । त्यस्को भोलिपल्ट नै अर्का अध्यक्ष पुष्पकमल दाहाल ले ओलिको राजिनामा भारतले होइन आफुले मागेको प्रस्ट रुपमा भनेपछी विभिन्न तह र तप्कामा बसेका बुद्धिजीवी हरु अचम्मित भएको छ र कसैले त भारतिय दलाल पनि भन्न भ्याएको छ।

प्रीय कम्रेडहरु , जनताले स्थिर सरकार खोजेका छन , बिकास खोजेका छन र त्यस्कारण २०७४ को निर्बाचनमा नेकपालाइ झन्डै दुई तिहाइको मत दिएको छ । अहिले विश्वभर  कोरोनाले माहामारी फैलाइरहेको समयमा  , नेपालमा पनि यसको प्रभाब राम्रै छ र सङ्क्रमन बढ्ने संख्या दिनानुदिन बढ्दै गैरहेको छ । यस्तो अबस्थामा प्रधानमन्त्रीको राजिनामा माग्नु उचित होला र ? के जनताले निर्बाचनमा दुई तिहाइ मत दिएको यहि गर्नलाइ हो? पक्कै पनि होइन । ८ लाख पार्टी कार्यकर्ताको भावना माथि खेलबाड गर्नु पक्कै पनि राम्रो कुरा होइन । पार्टि फुट्ने सम्मको बिबाद हुदा धेरै कार्यकर्ताहरु कतै आफ्नो बलिदान खेर जाने होकि भनेर चिन्तित मुद्रामा छन ।

नेकपा को बिबादमा सधै मसला बनिरहेका छन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड । कम्रेड प्रचण्ड , के यहि रमिता देख्नलाइ हो पार्टी एकता गरेको ? के सधै सत्ताको मोह मात्र जागिरहने हो तपाइमा ? क पुर्ब एमाले भित्र खेल खेलेर सधै आफुले आफुलाइ शक्तिशाली ठान्नुहुने हो त ? राजनिती भनेको सम्भाबनाको खेल हो र त्यो तपाइकै मुखबाट केपि ओलि सरकार ढालेको बेलामा भन्नुभएको थियो । सोच्नुस त , यदि पुर्ब एमालेहरु एक भए भने तपाइको हालत के होला? महाधिवेशनमा पुर्ब एमाले हरु एकजुट भयो भने तपाईं केन्द्रीय सदस्य हुन पनि मुस्किल छ । त्यसैले पार्टिलाइ भड्काउने तर्फ नलागेर पार्टी अध्यक्षको हैसियतले देशभर एकढिक्का बनाउनुहोस। नेपालको कम्युनिस्टलाई नया उचाइमा पुर्याउनुहोस । देशमा कोरोनाको महामारी प्रकोप फैलिरहेको बेलामा यसरी बिदेशी शक्ति सङ्ग मिलेर सरकार ढाल्नु खोज्नु कतै रास्ट्रघातिको दाग त बस्दैनन कम्रेड ?त्यसैले अब 3 करोड जनताले यो सोच्ने बेला आयको छ कि यो देशलाई कसको खाचो छ भनेर ,यो जटिल समयमा सबै मिलेर समस्याको समाधान गर्नु पर्छ।नाकी समस्या खडा गर्ने !यदि यहि तरिका हो भने नेकपाले फेरि अर्कै रुप लिन सक्छ ।मानिसको सधै कमजोरी पक्ष मात्र हेरेर हुदैन।उसको सबल पक्ष को पनि कदर गर्न सक्नु नै महानता हो।मौकाको गलत फाइदा उठाउनु महागलत हो।


Comments

Post a Comment

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोकमा दादागिरि