१२ बर्षको बालक भन्छन् गुडाउने साधन सबै गुडाइसके अब उडाउन मन छ।

सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न.-१ लिस्तिकोट घर भएका बुबा चमेरे प्रधान र आमा मनकुमारी प्रधान को कोखबाट २०६५-०४-३० गते जन्म लिएका समीर प्रधान बच्चा देखि नै नयाँ सोच राख्ने बालक थिए। करिब १० बर्षको उमेर देखिनै साधन चलाउन रुचि देखाएका यी बालकले आज १२ बर्षको उमेरमा गुड्ने सवारी साधनहरु :- बाइक, स्कुटी,भ्यान,बस,टिफर,कन्टेनर,जिप,बोलेरो,स्काभेटर,डोजर इत्यादी सम्पूर्ण साधनहरु चलाउने गर्दछन्। यति सानो उमेरमा यी सबै कुरा चलाउन सक्ने यो अदभूत क्षमता देख्दा सबै जना अचम्मित भएका छन्।अझ यो भन्दा पनि अचम्म त यो कुरा छ।कुनै पनि सवारी साधन मा लगेर उनलाई १० मिनेट मात्र चलाएको हेर्न दिइयो भने उसले तुरुन्तै चलाइ हाल्छन्। नेपाल सरकारको नियम अनुसार उमेरको हकले उनलाइ बाहिर चलाउने अनुमती नभएपनी आफ्नो घर वरिपरि र गाउँको बाटो हरुमा चलाउने गरेको समीर प्रधान बताउँछन्। यति मात्र नभएर यात्रु बोकेको बोलेरो पनि चलाउने गर्दछन्।बोलेरो मा भएको यात्रुले आफुलाइ भन्दा छोरालाई बढी बिस्वास गर्ने गरेको बताउछन् समीर का बुबा चमेरे प्रधान। यो कला र सिपलाइ नेपाल सरकारले चिनेर बाबुको उज्वल भबिस्यको लागि कदम चाल्नु पर्छ भन्ने धेरैको तर्क छ। गुडाउने सबै गुडाइसके अब उडाउने रहर छ भन्छन् समीर प्रधान छोराको सोच र क्षमता निकै ठूलो रहेको तर त्यहाँ सम्म पुर्‍याउनको लागि चाहिने श्रोत साधन आफू सङ्ग नभएकोमा चिन्ता गर्छ्न समीरका बुबा....
अहिले समीर प्रधान त्यही लिस्तिकोट गाउँको श्री उग्रचण्डी माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यनरत छन्। उनका रुचि धेरै भएतापनी पढाई मा राम्रो गरिरहेका छन् भन्छन् समीरका शिक्षक गाउँमा जति पनि सवारी साधन आउँछ सबै साधनको चालकहरु सङ्ग राम्रो चिनजान रहेको र चालकहरुले पनि समीर लाई सवारी हाक्न दिन कुनै संकोच नमान्ने बताउछन् लिस्तीकोट का स्थानिय बासिन्दाहरु अब भबिस्यमा यदि राम्रो साथ र सहयोग पाएर राम्रो बिधालय मा पढाई हुने हो भने साच्चै नेपाल देश लाई चिनाउन केही गर्ने बालक हुन भन्छन् स्थानीय बुद्धिजीवी ...
तपाइँलाई कस्तो लाग्यो कृपया आफ्नो बिचार राख्नुहोला।

Comments

Post a Comment

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोकमा दादागिरि