माननीय अरुण नेपाल बाट पीडितलाई राहत बितरण

भोटेकोशी बाढी र पहिरोबाट पीडित भएकाहरुलाई दुई सामाजिक संस्थाले राहत सामग्री सहयोग गरेको छ । टुकी संघ सुनकोशी र बोधी सत्व विहार ताइवानले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गरेको हो । आज पीडितहरु बसेको स्थानमै पुगेर संस्थाले राहत वितरण गरेको छ । बोक्चेनका ११, कोदारीका १५, लिस्तीका २५, बुल्कोटेका ४ हिन्दी ६ र फुल्पिङकट्टीका २५ पीडित परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न, त्रिपाल, म्याट्रेक्स,पोलार, किट बक्सलगायत सामग्री वितरण गरिएको हो । सरसफाई, महिला तथा बालबालिकाहरुलाई आवश्यक पर्ने सामग्रीसमेत वितरण गरिएको टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिए । पीडितहरुलाई वाग्मती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पालगायतले वितरण गरेका थिए । पीडितहरुका लागि मन्त्री अरुण नेपालले भोटेकोशी गाउँपालिकाको विपद कोषमा एक लाख पच्चीस हजार र तातोपानीका पहिरो पीडितलाई पच्चीस हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । विशेष गरि यो बिपतको समयमा सहयोग गर्नु नै ठुलो कुरा हो।

Comments

Post a Comment

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोकमा दादागिरि