हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा
रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो । चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, प्रधानन्यायाधीश हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे ।बहसको अधिकांश समयमा भने प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीमाथि हाबी देखिए । शुक्रबार करिब साढे ११ बजेबाट भएको बहसको सुरुवातमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र गोविन्द बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाए । न्यायाधीश हरिकृष्ण कार्की केपी ओलीको अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता भएकाले स्वार्थ बाझिने त्रिपाठीको भनाइ थियो । उनले भने, ‘श्रीमानको क्षमतामा अविश्वास होइन तर, प्रतिनिधिसभा विघटनको संवैधानिक इजलासमा उहाँ हुँदा बाहिरसमेत राम्रो सन्देश जाँदैन ।’ संवैधानिक इजलास गठनका लागि बनाइएको रोस्टरमा अरु पनि न्यायाधीशहरु भएको बताउँदै त्रिपाठीले ध्यानाकर्षण गराइरहँदा प्रधानन्यायाधीश जबराले बीचमै रोकेर ‘त्यस्तो कुरा नगर्...
Good wirk
ReplyDelete