प्रचण्ड र माधबकुमार लाई कमल थापाको श्राप मेरो जस्तै हालत होस।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र माधबकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् ।तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको र उक्त कदमले गर्दा आज आफ्नो पार्टी को यो हालत भयको आरोप लगाउँदै उनले अहिले प्रचण्ड-माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरे । ओलि बिरुद्ध यो गरियको षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने तर उल्टै आफ्नो भयको पहिचान पनि सकिने उनको ब्याख्या छ। शनिबार बिहान अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’ २०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेकोले अपवाद बाहेक न्याय दुर्लभ भएको उनको भनाइ छ ।

Comments

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोकमा दादागिरि