बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न.-७,मा ३ करोड लागतमा निर्माण हुन लागेको स्वास्थचौकी भबनको बिषयलाइ लिएर निकै बिबाद चर्किरहेको छ। वडा निकै ठूलो भयको कारण यो वडा मा स्वास्थ सुबिधा 2 भाग गरि दिदै आइरहेको छ।उक्त वडामा साबिकको वडा न.-४ को स्वास्थ चौकिमा ७ जना कर्मचारी रहेको छ।भने उक्त वडा कै साबिकको वडा न.-७ मा पनि उपस्वास्थ्य चौकीमा ३ जना कर्मचारी सहित रहेको छ।अब ३ करोडको लागतमा बन्ने स्वास्थ चौकिको भबन यी २ ठाउँ मध्ये कहाँ बनाउने भन्ने बिषयमा वडामा निकै चर्को विवाद चलिरहेको छ।वडाको माथिल्लो भेगको जनता भन्छन् माथी बन्नु पर्छ।वडाको तल्लो भेगको जनता भन्छन् तल बन्नु पर्छ।यो विवादको समाधान हुन नसकेपछि गयको बिहिवार यो कुराको समाधान गर्न यो बिषय नगरपालिका सम्म पनि पुग्यो।नगर का प्रमुख निमफुन्जो शेर्पाको नेतृत्वमा बसेको बैठकले यो बिषयमा गम्भीर छ्लफल गरिसकेपछी उक्त बिषयको बारेमा यहि आउदो आइतबार फेरि छलफल गर्ने गरि विवादलाई सारेको हो।
यस बिषयमा स्थानीय युबा लक्ष्मण श्रेष्ठ भन्छन् : "सिन्धुपाल्चोक जिल्ला स्वास्थ कार्यलय बात बिनियोजित भयको रकम रु तीन करोड रुपैयाँ घुम्थाङ प्राथमिक स्वास्थ चौकी निर्माणको लागि हो। तर यो बन्न नदिनुको कारण वडा अध्यक्षको भुमिका हो।हामी दुर्गम ठाउँको जनतालाई किन सताई रहेको हो। वडा अध्यक्षले हाम्रो ठाउँमा आयको बिकासलाई किन रोकिराखेको छ।येस्तै हो भने हामी आन्दोलन गर्न पनि पछि हट्दैनौ।हामीले दादागिरी गरेको हैन तर अधिकार मागेको हो।"
यसै बिषयमा वडा का अध्यक्ष भन्छन्: "उहाहरुले कुरै नबुजी म वडाम नभएको बेलामा वडा लाई घेर्न आउनु भयको हो।यसमा मेरो कुनै हात छैन मेरो लागि सबै जनता यकै हो।जहाँ समस्या छ त्यहा हुन्छ बिकास दादागिरी गरेर हैन छलफल गरेर समस्याको समाधान गर्नु पर्छ।"
यश विवाद चलिरहदा स्थानीय बुद्धिजीवी भन्छन्: "यहि पारा हो भने आयको बिकास पनि हराउन सक्छ।जहाँ बनेपनि आवश्यक हेरेर बन्नु पर्छ।भबन मात्र ठुलो बनायर हुदैन भित्र कर्मचारी,सेवा सुबिधा पनि राम्रो हुनु नै गुणस्तर बिकास हो।विवाद हैन,ब्यक्तिगत स्वार्थ,पार्टीगत स्वार्थ पनि हैन सामाजिक बिकास हुने तरिकाले काम हुनुपर्छ।" तपाइँको के छ बिचार राख्नुहोस।

Comments

  1. कुन ठाउ मा सबै लाई सजिलो हुन्छ तेहि बनाउदा ठिक हुन्छ। भवन बनाएर मात्रै हुने होइन स्वास्थ्य कर्मी हरु पनि राम्रो हुनुपर्छ र 3 करोड को अस्पताल यहि भएर पनि अर्को अस्पताल जानू नपरोस

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

सिन्धुपाल्चोकमा दादागिरि