Posts

Showing posts from December, 2020

ने बि संघ जिल्ला सभापति को कार्यबाहक सभापति फिर्ता

Image
नेपालली काङ्ग्रेस को भातृ सस्था नेपाल विद्यार्थी संघ खोटाङ को जिल्ला कार्यबाहक सभापति फिर्ता गरियको छ २०६९ सालमा जिल्ला अधिबेशन बाट निर्वाचित सभापति राजकुमार राइले आफ्नो विभिन्न कारण ले ने वि संघ लाई समय दिन नसक्ने भयकाले २०७३/४/२२ गत्तेका दिन राज कुमार बस्नेत लाई कार्यबाहक सभापति दियर मिति २०७७/९/१४ गत्तेका दिन बाट कार्यबाहक सभापति फिर्ता लियको खोटाङ सभापति राज कुमार राई ले पत्र मार्फत जानकारी दिनु भयको छ। बोदार्थ ने बि संघ केन्द्रिय समिति र नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती लाइ बुझायको छ।

हेर्नुहोस कसरी हटाउदै छन् Kp Oli लाई नेकपा र प्रधानमन्त्रीबाट।।माधब,प्र...

Image

Assistance reached people's homes

Image
A landslide in Bimbu Basti of Sindhupalchowk, Barhabise Municipality, Ward No. 7 had affected 14 families. Deputy Mayor of the town Sus for the families of the victims. For the families of the victims, the cooperation of Nangshal Youth Society Sunkoshi rural municipality , Ward No. 5 Ratankot under the leadership of Deputy Mayor Susila Pakhrin and especially Ramesh Lama In the initiative, members of Live Church America and other supportive minds have been working to provide ointment to the victims. The municipality and local people have thanked the supportive hands for the support. The locals are happy that they got help before the hailstorm.

उपमेयरको नेतृत्वमा पीडितको घर घरमै जस्तापाता सहयोग पुग्यो।

Image

बाह्रबिसे न.पा.-७ विवाद नै विवादमा ३ करोडको स्वास्थ चौकिको भबन कहाँ बन्ने

Image
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा न.-७,मा ३ करोड लागतमा निर्माण हुन लागेको स्वास्थचौकी भबनको बिषयलाइ लिएर निकै बिबाद चर्किरहेको छ। वडा निकै ठूलो भयको कारण यो वडा मा स्वास्थ सुबिधा 2 भाग गरि दिदै आइरहेको छ।उक्त वडामा साबिकको वडा न.-४ को स्वास्थ चौकिमा ७ जना कर्मचारी रहेको छ।भने उक्त वडा कै साबिकको वडा न.-७ मा पनि उपस्वास्थ्य चौकीमा ३ जना कर्मचारी सहित रहेको छ।अब ३ करोडको लागतमा बन्ने स्वास्थ चौकिको भबन यी २ ठाउँ मध्ये कहाँ बनाउने भन्ने बिषयमा वडामा निकै चर्को विवाद चलिरहेको छ।वडाको माथिल्लो भेगको जनता भन्छन् माथी बन्नु पर्छ।वडाको तल्लो भेगको जनता भन्छन् तल बन्नु पर्छ।यो विवादको समाधान हुन नसकेपछि गयको बिहिवार यो कुराको समाधान गर्न यो बिषय नगरपालिका सम्म पनि पुग्यो।नगर का प्रमुख निमफुन्जो शेर्पाको नेतृत्वमा बसेको बैठकले यो बिषयमा गम्भीर छ्लफल गरिसकेपछी उक्त बिषयको बारेमा यहि आउदो आइतबार फेरि छलफल गर्ने गरि विवादलाई सारेको हो। यस बिषयमा स्थानीय युबा लक्ष्मण श्रेष्ठ भन्छन् : "सिन्धुपाल्चोक जिल्ला स्वास्थ कार्यलय बात बिनियोजित भयको रकम रु तीन करोड रुपैयाँ घुम्...

प्रचण्ड र माधबकुमार लाई कमल थापाको श्राप मेरो जस्तै हालत होस।

Image
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र माधबकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् ।तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको र उक्त कदमले गर्दा आज आफ्नो पार्टी को यो हालत भयको आरोप लगाउँदै उनले अहिले प्रचण्ड-माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरे । ओलि बिरुद्ध यो गरियको षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने तर उल्टै आफ्नो भयको पहिचान पनि सकिने उनको ब्याख्या छ। शनिबार बिहान अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’ २०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्...

हेर्नुहोस के हुँदै छ? संम्सद विघटनको मुद्धा सर्बोच्च अदालतमा

Image
रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो । चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, प्रधानन्यायाधीश हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे ।बहसको अधिकांश समयमा भने प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीमाथि हाबी देखिए । शुक्रबार करिब साढे ११ बजेबाट भएको बहसको सुरुवातमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र गोविन्द बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाए । न्यायाधीश हरिकृष्ण कार्की केपी ओलीको अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता भएकाले स्वार्थ बाझिने त्रिपाठीको भनाइ थियो । उनले भने, ‘श्रीमानको क्षमतामा अविश्वास होइन तर, प्रतिनिधिसभा विघटनको संवैधानिक इजलासमा उहाँ हुँदा बाहिरसमेत राम्रो सन्देश जाँदैन ।’ संवैधानिक इजलास गठनका लागि बनाइएको रोस्टरमा अरु पनि न्यायाधीशहरु भएको बताउँदै त्रिपाठीले ध्यानाकर्षण गराइरहँदा प्रधानन्यायाधीश जबराले बीचमै रोकेर ‘त्यस्तो कुरा नगर्...

प्रयास गरेपछि सबै कुरा सम्भब छ।।सबै नेपालिले हेर्नै पर्ने By Lagansil Tv

Image

सारा संसार भर क्रिसमसको रौनक

Image
आज डिसेम्बर २५ अर्थात पुस १० गते इसाइ धर्मावलम्बीहरुको महान चाड क्रिसमस संसार भरनै धुमधाम सङ्ग मनाइरहेको छ।५ औं शताब्दीमा रोमको सम्राट इसाई भयपछी डिसेम्बर २५ मा सुर्य पुजाको दिनलाई परिवर्तन गरि क्रिसमस मनाउने चलन सुरु भय पछि सबै धर्मावलम्बीहरुले उक्त दिन मा नै मनाउने चलन बसेको हो।आजको दिन सबै धर्मावलम्बीहरुले आफ्नो इस्वर जन्मेको खुसियाली साथै आफ्नो आफन्तजनमा शुभकामना आदनप्रदान गर्ने साथै मीठो परिकार खायर यो पर्व मनाउने चलन छ।आज भन्दा २ हजार बर्ष अगि यो संसारमा मानव रुप लिइ इस्वरले जन्म लियको र सबै को पाप बोक्नको लागि यो धर्तीमा आयको बाइबल धर्मशास्त्रमा उल्लेख छ।

माननीय अरुण नेपाल बाट पीडितलाई राहत बितरण

Image
भोटेकोशी बाढी र पहिरोबाट पीडित भएकाहरुलाई दुई सामाजिक संस्थाले राहत सामग्री सहयोग गरेको छ । टुकी संघ सुनकोशी र बोधी सत्व विहार ताइवानले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गरेको हो । आज पीडितहरु बसेको स्थानमै पुगेर संस्थाले राहत वितरण गरेको छ । बोक्चेनका ११, कोदारीका १५, लिस्तीका २५, बुल्कोटेका ४ हिन्दी ६ र फुल्पिङकट्टीका २५ पीडित परिवारलाई राहत वितरण गरिएको हो । खाद्यान्न, त्रिपाल, म्याट्रेक्स,पोलार, किट बक्सलगायत सामग्री वितरण गरिएको हो । सरसफाई, महिला तथा बालबालिकाहरुलाई आवश्यक पर्ने सामग्रीसमेत वितरण गरिएको टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिए । पीडितहरुलाई वाग्मती प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पालगायतले वितरण गरेका थिए । पीडितहरुका लागि मन्त्री अरुण नेपालले भोटेकोशी गाउँपालिकाको विपद कोषमा एक लाख पच्चीस हजार र तातोपानीका पहिरो पीडितलाई पच्चीस हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । विशेष गरि यो बिपतको समयमा सहयोग गर्नु नै ठुलो कुरा हो।

सिन्धुपाल्चोकमा दादागिरि

Image
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे न.पा. मा रहेको प्राथमिक स्वास्थ केन्द्र्मा कोविड 19 (कोरोनाको) परिक्षण गर्ने PCR मेसिन निजि रूपमा ल्याएर अस्पतालमा राख्ने भन्ने हल्ला व्यापक रुपमा सामाजिक संजाल मा भाइरल भैरहेको अबस्थामा उक्त मेसिन आउने कुरा नगरपालिका लाई कुनै जानकारी नआयको र यस्तो हावादारी कुराको पछी नलाग्न को लागि नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताउनु भयको छ।

मान्द्रामा बन्यो सुबिधासम्पन्न बिधालय , उपभोक्ता समिती सङ्ग गाउँलेबासी खुसी । फोटो फिचर

Image
सिन्धुपाल्चोक जिल्ला बार्हबिसे नगरपालिकाको वडा नं ६ को बिकट गाउँ मानिने मान्द्रामा सुबिधा सम्पन्न बिधालय बनेको छ । नमस्ते नेपाल र बाह्रबिसे नगरपालिकाको समन्वयमा बनेको बिधालय जिल्लामै उत्कृष्ट एबम नमुना बिधालय बनेको छ । भुकम्पले लथालिङ्ग बनाएको यस श्री गोरखनाथ आदारभुत बिधालयमा सामाजिक संस्था नमस्ते नेपाल र बाह्रबिसे नगरपालिकाको आँखा पुगेपछी उक्त स्कुलको पुनर्निमाण कार्य सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिको अध्यक्ष टकं शेर्पा निर्बिरोध निर्बाचित भएपछी उक्त बिधालयको गतिले पुर्णता पाएका थिए । जित बहादुर शेर्पाको नेतृत्वले निर्माण गरेको उक्त बिधालयको घेराबार , बिधालय प्रबेश द्वार , चर्पी , मैदान आदि निर्माण गरेको हो । गाउँमा नै सुबिधा सम्पन्न बिधालय बनेपछी गाउँबासी खुसिले हर्षित भएका छन । उपभोक्ता समितिले गरेको यस काममा सर्बत्र नगरपालिका मै प्रशंसा भएको छ। थोरै लागतमा यति धेरै काम भएको स्थानियहरुलले बताएका छन । "यो काममा कुनै अनियमितता नभएको र निस्वार्थ समाजसेबी काम भएकोले गुणस्तर छ। जित बहादुर शेर्पा ले भने

कम्रेड प्रचन्ड , तपाइँ आफै फुटबल त हुनुभएको छैन?

Image
  सके सफा गरौ नसके फोहोर नगरौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक शक्तिसङ्गर्ष चलिरहेको छ।जसकाराण पार्टिको बिबाद दिनप्रतिदिन उचाइ चुलिदै गैरहेको छ । ९ सचिबालय सदस्य मध्ये ६ जना प्रचण्ड माधब क्याम्पमा छन भने बाकी ३ जना प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपि शर्मा ओलि क्याम्पमा छन । अहिले बसिरहेको स्थाइ समिति  बैठकमा प्रधानमन्त्रीको राजिनामा प्रचण्ड , माधब नेपाल लगायत बहुमत सदस्यले मागिरहेको छ तर प्रधानमन्त्री एबम अध्यक्ष केपि शर्मा ओलिले भने उल्टै आफुलाइ अध्यक्ष र प्रधानमन्त्री बाट हटाउन चुनौती दिनुभएको छ । नेपालले कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्बजनिक गरेर ओलि सरकारले चौतर्फी वाह वाह पाइरहेको छ । मदन भण्डारी स्मृती दिबसको दिन आयोजित बालुवाटारको एक कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलिले यो सरकार ढाल्नका लागि बिदेशी शक्तीहरु लागिपरेको र नेपालका केही पार्टी भित्रकै नेता हरु पनि लागेको सार्बजनिक बक्तब्यमै किटान गरेपछी नेकपा बिबाद चुलिएको हो । त्यस्को भोलिपल्ट नै अर्का अध्यक्ष पुष्पकमल दाहाल ले ओलिको राजिनामा भारतले होइन आफुले मागेको प्रस्ट रुप...